काठमाडौं – चर्चित अभिनेता सलमान खान अभिनित फिल्म ‘भारत’को पोस्टर सार्वजनिक भएको छ। पोष्टरमा अभिनेता सलमान खान फरक अवतारमा देखा परेका छन् ।पोस्टरमा उनी कालो चस्मासहित सेता कपाल र दाह्रीमा बुढो मानिसको भेषमा देखा परेका छन् ।यस फिल्मको पोस्टर अलि अब्बास जफरले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

पोस्टरमा ‘एक व्यक्ती’को राष्ट्रसँगैको यात्राु उल्लेख छ।सलमानसँगै कट्रिना कैफ, दिशा पटानी लगायतका कलाकारको अभिनय रहेको यस फिल्ममा सलमान १६ देखि ६० उमेर समुहको भूमिकामा देखिनेछन्। पोस्टरमा २०१० पनि उल्लेख छ।

तपाईको प्रतिक्रिया