पछिल्लो समय टिक टकको निकै चर्चा बढिरहेको छ ।अचेल हरेक युबायुवति टिक टक कै पछि लागेको देखिन्छ । यसैक्रममा टिक टक कै कारण भारतमा एक घटना घटेको छ । भारतको नयाँ दिल्लीमा टिक टकले गर्दा एक युबकको मृत्यु भएको छ । एक व्यक्तिले मोबाइल एप टिक टक भिडियो बनाउँदा साथिलाई गोलि लागेपछी ज्यान गएको छ ।प्रहरीका अनुसार सलमान जकिर आफ्ना साथीहरु सँग इण्डिया गेट घुम्न निस्किए । यनी आफ्ना सोहिल र आमिरसँगै घुम्न निस्किएका थिए ।गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसे ।

यसैक्रममा सोहिलले घरेलु पेस्तोल निकाले र लागे । अचानक सलमानको देब्रे गालामा गोली लाग्यो ।घाइते भएका सलमानलाई सोहिल र आमिरले उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए। उनीहरुले रगतले लतपतिएको कपडा बदलेका थिए ।नातेदारले सलमानलाई नजिकैको एलएनजीपी अस्पताल पुर्‍याए तर उनको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार आमिर, सोहिल र अर्को एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया