काठमाडौँ । धादिङमा बस र ट्रक जुध्दा चालक सहित २ को मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे महादेवबेंसीमा आइतबार मध्यरातमा बस र ट्रक जुध्दा चालक सहित २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट काठमाडौं आउदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट गौर जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किँदा ट्रक चालक ललितपुर निवासी ३२ वर्षीय मनोज डंगोलको घटनास्थलमै मृत्यु भएको हो भने बसमा यात्रु गर्ने अन्दाजी १२ वर्षीया बालिकाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा थप ५ जना पनि गम्भीर घाइते भएका छन् भने घाइतेहरुको गणेशमान हस्पिटलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया