काठमाडौँ । पार्टी एकता घोषणाको अन्तिम तयारीमा रहेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा एक्लाएक्लै भेटवार्ता जारी छ। प्रचण्ड र ओलीको “वान टु वान” वार्ता पछि पार्टी एकता संयोजन समितिको बैठकको टुंगो लाग्नेछ। पार्टी एकताको विषयमा अन्योल बढ्दै जाँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आज भेटवार्ता सुरु भएको हो ।

आरामका लागि भन्दै हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड आज उतैबाट बालुवाटार पुगे लगत्तै बैठक सुरु भएको स्रोतले जनाएको छ । एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताबीच पछिल्ला ९ दिनमा यसबारे कुनै पनि छलफल नभएकाले आजको बैठकलाई विेशष रुपमा हेरिएको छ ।

दुई दलबीचको एकताको मोडालिटी तय गर्न बनेका दुईवटा कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाए पनि शीर्ष नेतृत्वस्तरमा छलफल नै हुन नसक्दा बैशाख ९ गते एकता घोषणा नहुने आशंका बढ्दै गइरहेका बेला आजको बैठकले लगाउला त पार ?

तपाईको प्रतिक्रिया