काठमाडौं । कमेडियन कपिल शर्मा पछिल्लो केही दिनदेखि बिरामी छन् । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरुका अनुसार कपिल एकै दिन २३ ट्यावलेट औषधि खाइरहेका छन् । कपिल शर्माको एक भिडियो पनि भाइरल भएको छ ।

जसमा एक वेभसाइटका सम्पादनलाई गालिगरेको अडियो सुन्न सकिन्छ । जसका कारण कपिल शर्मा विरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उत्रिएका छन् ।

फिल्म क्रिटिक सुभाष झाको एक रिपोर्टका अनुसार कपिल पछिल्लो केही वर्षदेखि आफूलाई भइरहेको धोका कारण चिन्तित छन् ।

कपिल जुन अवस्थाबाट गुज्रीरहेका छन् त्यो पीडादायक छ । कपिलले सवैको रिस नियन्त्रण गर्ने आफ्नै तरिका हुने र आफू रिसाएको बेला गालि गर्ने बानीमा रहेको बताएका छन् ।

कपिलका अनुसार उनी अहिले धोका र बेइमानी को सामाना गरिरहेका छन् । तर मनोरञ्जन जगतको एक यस्तो व्यक्ति मात्र होइन जसलाई यो रुपमा प्रयोग गरियो ।

तपाईको प्रतिक्रिया