काठमाडौं । साउदी र कतारी रियाल स्थिर रहँदा दिर्हाम, वन र रिंगिटको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ ०६ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ भने युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३३ पैसा र विक्रिदर २६ रुपैयाँ ९७ रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५४ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया