एजेन्सी। मध्यरातमा एक प्रेमीकाले आफ्ना प्रेमीलाई पठाएका सेल्फी तस्विरका कारण प्रेमी निकै तनावमा परेका छन् । १८ वर्षकी रोजलिन शर्दिया र १९ वर्षका नाथन युरियासको जम्मा ३ महिनाको प्रेमकाबिचमा यो घटना घटेको हो ।

प्रेमीका रोजलिनले आफ्नो ट्वीटरमा यि तस्विर र च्याटको स्क्रिन शेयर गरेपछि यि तस्विरहरुले अहिले भाइरल रुप धारण गरेका छन् । यी दुई केही दिनअघि डेट नाइटमा गएका थिए । त्यहाँबाट उनीहरु आ–आफ्नो घर फर्के । राती च्याट गर्दै जाँदा नाथनले रोजलिनलाई सेल्फी खिचेर पठाउन भनेपछि प्रेमी निकै भावुक बन्दै रोएका हुन् । उनले पनि आँफु रोएको सेल्फी प्रेमीकालाई पठाए । यो जोडीको वार्तालाप पढेपछि सामाजिक संजालमा अनेक प्रतिक्रिया आएका छन् ।

तपाईको प्रतिक्रिया