एजेन्सी । नेपालमा अहिलेसम्म सर्वाधिक बढी मूल्य लिएर कुन नायिकाले अभिनय गरेका छन् ? पक्कै पनी चल्तिका नायिकाहरुले नै सर्वाधिक मूल्य लिएका छन् । त्यो कोटमिा पर्छन् नायिकाहरु प्रियंका कार्की, रेखा थापा, साम्रात्री शाह, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी लगायतका सुन्दरीहरु । तर यि चल्तिका सुन्दरीहरुलाई पनि पछि पार्दै पूर्व मिस नेपाल निकिता चण्डक आइतबार फिल्म ‘रानी महल’मा अनुवन्धित भइन् ।

यो फिल्ममा उनी अनुवन्धित भएपछि फेरि उनको चर्चा सुरु भएको छ । डेब्यू फिल्मका लागि उनले १० लाख पारिश्रमिक लिएको स्रोतले जनाएको छ । स्रोता अनुसार निकिताको यो पारिश्रमिक अहिलेसम्म कुनै मिस नेपालका विजेताले लिएको सबैभन्दा महंगो पारिश्रमिक हो । उनका लागि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले नै यो रकम माग गरेको र आयोजकले उक्त रकम दिन तयार भएको बताइन्छ । हिमाल न्यौपानेले निर्देशन गर्न लागेको यो फिल्ममा यसअघि वर्षा सिवाकोटीले अभिनय गर्ने बताइएको थियो ।

तपाईको प्रतिक्रिया