काठमाडौं । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन सामाजिक संजालमा सबैले आमाका तस्विरहरु शेयर गर्दै आमालाई सम्झिरहेका छन् । जसमध्येका एक हुन् हरिवंश पुत्र मोहितवंश आचार्य । आचार्यकी जन्मदिने आमाको केही समय अगाडी मात्रै निधन भएको थियो ।

जन्मदाता आमाको निधनपछि मोहीतले कर्म दिने आमाको रुपमा रमिला पाठकलाई पाएका छन् । आफ्नी आमा मिरालाई अल्पायुमा नै गुमाएका मोहितले मिरा र रमिला दुवैको तस्विर उकसाथ पोष्ट गर्दै दुवै आमालाई एकसाथ सम्झिएका छन् । कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहितवंशले आफ्नी दुईवटै आमाको तस्बिर पोस्ट गर्दै ‘ह्याप्पी मदर्स डे’ भनेर लेखेका छन् । मोहितवंशकी आमा मिराको केही अघि मुटुरोगका कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया