काठमाडौँ । चर्चित गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् । दावा लाई काठमाडौँको नयाँ बजारबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । गुण्डा नाइके दावा सहित गुण्डागर्दीमा संलग्न अर्का गुण्डा रोशन तामाङलाई नयाँ बजारको एक स्नुकर हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

अघिल्लो वर्ष अपरिचत व्यक्तिले दावालाई काठमाडौँमा गोली प्रहार गरेपछि उनी एकाएक चर्चामा आएका हुन् । काँग्रेस निकट मानिने गुण्डा दावाले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको पालामा गुण्डागर्दीलाई मज्जले फस्टाउका थिए । निधीपछि माओवादी नेता जर्नादन शर्मा गृहमन्त्री भएपछि लामा फरार भएका उनलाई अहिलेबल्ल प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया