काठमाडौँ । समिट एयरको जहाज ठूलो दुर्घटनाबाट जोगीएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज दुर्घटना हुनबाट जोगिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजको टायर लक भएपछि विमान ठूलो दुर्घटना हुनबाट जोगीएको हो । विमानस्थल स्रोताक अनुसार ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको हो ।

रनवेमा जहाजमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला विमानस्थल अवरुद्ध बनेको थियो । पाइलटले केहीबेरमा जहाजलाई पार्किङस्थलमा लगिएपछि बल्ल विमानस्थल सुचारु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया