चितवन । बरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा न्यूरोका विरामी नै आउन छोडेका छन् । अस्पतालमा न्युरो सर्जरी सेवा नै बन्द भएको छ ।

न्यूरो सर्जन थापाको गएको फागुन २८ गते विमान दुर्घटनामा परी निधन भएके थियो । बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा थापाको निधन भएको हो । अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख डा थापा एसियाकै चर्चीत चिकित्सक थिए । उनी न्यूरो सर्जरी सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन फागुन २४ गते ढाका गएका थिए । डा थापाको निधनपछि न्यूरोको ओपीडी बहिरंग सेवामात्रै सामान्य चलेको छ । न्यूरोको ओपीडी डा।बेञ्जु प्रधानले हेर्दै आएकी छिन् । न्यूरोका बिरामी अस्पताल आउन नै कम भएका छन् । डा थापाले हप्तामा २ दिन अपरेसन र ४ दिन ओपीडिमा बिरामी हेर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया