काठमाडौं – गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’बोलको गीत सार्वजनिक भएको छ।

आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशीको अवसर पारेर सार्वजनिक गीतमा गीतकार तथा कवि अर्जुन पराजुलीको शब्द, बिबी अनुरागीको सङ्गीत छ। सोमबार राजधानीको महराजगन्ज स्थित एम्बास्डर रेस्टुरेन्टमा वरिष्ठ अधिबक्ता, गीतकार तथा सङ्गीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो।

जन्म दिने आमाको वेदनामा छटपटाएको एक सन्तानको कथा प्रस्ट्याउने गीतको भिडियो पनि एक साथ सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतको भिडियोमा कलाकार सरोज खनाल, रश्मी भट्ट र सुष्मिता कार्कीको अभिनयले निकै भावुक र मातृत्व वेदनालाई छर्लङ्ग पारिदिएको छ।

तपाईको प्रतिक्रिया