कुनै चीज अथवा परिस्थिति प्रति हाम्रो शरीरको प्रतिरोधक क्षमता अत्यन्त संवेदनशील प्रतिक्रियालाई नै एलर्जी भनिन्छ । घरपालुवा जनावरको चाया, कण, नयाँ खाद्य पदार्थ, र औषधीको कारणले पनि एलर्जी हुनसक्छ । सामान्य एलर्जी उत्पन्न गर्ने कणहरूलाई एलर्जन भनिन्छ । यी चीजको सम्पर्कमा आउँदा केही मानिसलाई एलर्जी हुनसक्छ तर केही मानिस एकदमै सामान्य रहन्छन् ।

जो मानिसलाई यी चिजहरूबाट एलर्जी हुँदैन । उनीहरूको इम्युन सिस्टम यी तत्वलाई खतरनाक ठान्दैन र यस्ता चीज प्रति कुनै पनि किसिमको प्रतिक्रिया गर्दैन । जो मानिसलाई यी चीजहरूबाट एलर्जी हुन्छ । उनीहरूको इम्युन सिस्टम यी बाहिरी चीजहरूलाई खतरनाक सोचेर यसलाई नष्ट गर्ने कोशिश गर्दछन् ।

कसरी हुन्छ, एलर्जी – एलर्जी पीडित व्यक्तिको इम्यून सिस्टम एलर्जनको सम्पर्कमा आउँदा ब्याक्टेरियम, भाइरस अथवा विषाक्त पदार्थको रूपमा लिन्छ । यस समयमा इम्यून सिस्टम इम्‍यूनोग्‍लोबिन को स्राव गर्छ । यो एक एन्टीबोडी हो, जसले एलर्जनलाई नष्ट गर्ने काम गर्छ । यस एन्टीबोडी को स्रावबाट हिस्टामाइन जस्ता केही केमिकलको निर्माण हुन्छ । यो केमिकल एलर्जिक प्रतिक्रिया गर्छ, जो एलर्जनको द्वारा उत्पन्नले भएको जस्तो देखिन्छ । उदारहणको लागी हिस्टामाइन श्वासनलीको मांशपेशीलाई कसिलो बनाउँछ ।

वास्तवमा एलर्जन एलर्जी उत्पन्न गर्दैन हाम्रो इम्यून सिस्टम नोक्सान नपुर्याउने एलर्जन हानिकारक रोग किटाणुलाई थप उत्पन्न गर्ने र अतिरिक्त प्रतिक्रिया गर्छ । यसको साथै एलर्जिक प्रतिक्रिया तुरुन्त हुँदैन ।इम्यून सिस्टम एलर्जनलाई याद गर्न समय लिन्छ । समयको साथ-साथै इम्यून सिस्टम एलर्जनलाई पहिचान गर्न थाल्छ र यसप्रति संवेदनशील हुन्छ । यस प्रक्रियालाई सेन्सीटाइजेशन भनिन्छ र यो धेरै दिन र वर्ष सम्म चल्नसक्छ । एक पटक जब इम्यून सिस्टम कुनै तत्वप्रति संवेदनशील हुन्छ, तब यो उसँग लड्नको लागी एन्टीबोडी को निर्माण गर्न थाल्छ । जसले एलर्जीको लक्षण र संकेत देखिन थाल्छ ।

सामान्य एलर्जन- धूलो, माटो, ऊन, घरपालुवा जनावरको चाया, पेनीसिलिन, अण्डाको सेतो भाग, माछा, बदाम, दुध, गहुँ, सोया, लामखुट्टेले टोक्नाले, मौरीले टोक्नाले र घरमा प्रयोग हुने सामान्य उत्पादन एवम् अन्य विभिन्न चीजबाट एलर्जी हुनसक्छ ।

खतरा र उपचार – कुनै पनि सम्भावित एलर्जनले कुनै पनि व्यक्तिलाई कुनै पनि बेला एलर्जी हुनसक्छ । एलर्जी कुनै पनि उमेरमा हुनसक्छ । समयको साथ-साथै एलर्जी बढ्न सक्छ । एलर्जीबाट बँच्ने सबैभन्दा राम्रो तरिका यही हो कि एलर्जनबाट टाढा रहनुपर्छ । औषधी पनि एलर्जीको लक्षण कम गर्न सक्छ तर यो एलर्जीलाई कम गर्न सक्दैन ।

तपाईको प्रतिक्रिया