एजेन्सी – बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने चर्चित अभिनेत्रि अनुष्का शर्मा फेरी चर्चामा आएकी छिन् । क्रिकेटर विराट कोहलीसंग बिवाह गरेकी अभिनेत्रि अनुष्का शर्माको अहिले एक नयाँ खबर बाहिरिएको छ ।उनले फिल्म उद्योगबाट सन्यास लिने खबर बाहिरिएको छ।मिडिया रिपोर्टका अनुसार अनुष्काले बिराटकै भनाइ अनुसार उनले बिराटकै भनाइ अनुसार फिल्म क्षेत्र छोड्न लागेको बताइएको छ ।

फिल्ममा मात्र नभई आफ्नो परिवारलाई पनि भरपुर समय दिनु पर्ने हुनाले अभिनेत्रि अनुष्काले फिल्म क्षेत्रबाट केहि समय ब्रेक लिन लागेको बताइएको छ । अभिनेत्रि अनुष्काले फिल्म क्षेत्रबाट किन टाढीन खोजेकी हुन् भन्ने कुरा अहिले निकै चर्चा चलिरहेको छ ।तर खास कुरा अझै सम्म खुल्न सकेको छैन।अहिले उनी फिल्म क्षेत्रबाट साच्चै टाढा भएकी नै हुन त भन्ने प्रश्न उठ्न थालेको छ। पछिल्लो समय फिल्म ‘जिरो’ मा देखिएकी अनुष्का त्यसपछि कुनै फिल्ममा देखिएकी छैनन् ।

तपाईको प्रतिक्रिया