डडेल्धुरा – डडेल्धुरामा आयोजना गरिएको अजयमेरु महोत्सवको उद्घाटन समारोहको स्टेज भाँचिदा ३ जना घाईते भएका छन् । डडेल्धुराको अजयमेरु गाँउपालिकाले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन समारोहको स्टेज भाँचिएको हो ।उक्त महोत्सवको उद्घाटन समारोहको स्टेज भाँचिदा ३ जना घाईते भएका हुन् ।घाईते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गीता पन्त रहेका छन् ।

उद्घाटनका लागि अतिथिको रुपमा निम्त्याइएको मुख्यमन्त्री त्रिलोचन भट्ट भने सकुशल रहेको बताइएको छ। प्रहरीका अनुसार स्टेज भाँचिएपछि स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया