काठमाडौं – पछिल्लो समय अभिनेत्रि ऋचा शर्माको विवाहबारे निकै चर्चा चलिरहेको छ ।यस अघि अन्तर्वार्तामा विवाहबारे कुनै कुरा नखुलाएकी अभिनेत्रि ऋचाले यस पटक भने खोलेकी छिन् । उनलाइ एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा उनले केही कुरा खुलासा गरेकी छिन् ।एक अन्तर्वार्तामा उनलाइ विवाहबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘मिडियामा आएजस्तो विवाहको तयारी होइन । तर गर्ने सोच बनाएको छु । विवाह गर्ने व्यक्ति पाइसकेको छु । सार्वजनिक गर्न सक्ने धेरै मौका थिए तर अहिलेसम्म गरिएको छैन ।

कुनै न कुनै बेलामा म सार्वजनिक गर्ने छु ।’ अहिले अभिनेत्री ऋचा शर्माले दरबारमार्गस्थित शेर्पा मलमा पांग्रा एक्सप्रेस नामक फुडसप सञ्चालनमा ल्याएकी छिन् । उनले व्यवसायमा लाग्ने सोचअनुरूप पांग्रा एक्सप्रेस खोलेकी हुन् । खाजाका स्वादिष्ट परिकार पाइने सो फुडसप बिहान ११ बजेदेखि साँझ साढे ८ बजसम्म खुल्ने गर्दछ ।

तपाईको प्रतिक्रिया