एजेन्सी – तपाइ हामीलाइ थाहा नै छ धेरै जसो कुकुरहरु पानि देखी डराउने गर्छन् ।पानि देखी डराउने कुकुरहरु पौडी खेल्ने त झन कुरै आएन । तर थाइल्यान्डको एक कुकुर यस्तो छ जुन पानिमा मात्र जाने होइन की पौडी पनि खेल्छ ।उक्त कुकरले समुन्द्रमा लगातार २ सय २० किलोमिटर पौडी खेल्ने गर्छ । उक्त कुकरलाई गल्फ अफ थाइल्यान्डमा रहेको तेल खानीमा काम गर्ने कामदारले भेटेको बताइएको छ ।

उनीहरुका अनुसार उक्त कुकुर अप्रिल १२ मा मानववस्तीदेखि निकै टाढाको तेल खानीमा आइपुगेको थियो ।त्यहाँसम्म बगेर आइपुगेको हुनसक्ने आशंका गरिए पनि सबैले उक्त कुकुर देखेर अचम्ममा परे । पानीमै रहेको कुकुरलाई आफुहरुले बचाएको तेल खानीमा कार्यरत भिटिसक पायालले बताएका छन् ।उक्त कुकुरलाइ यतिबेला पशु अधिकारकर्मीको जिम्मा लगाइएको पायालले बताएका छन् ।

तपाईको प्रतिक्रिया