लमजुङको दोर्दी गाउँपालिका २ अलैचेफाँट की ५ वर्षिया सोनालिका रामदाम निकै कष्ठकर जिवन जिउदै आएकी छन् । सानैमा आगोमा परेपछि उनलाई उनका आमा बाले छोडेपछि उनि हजुबा हजुरआमासंग बस्दै आएकी छन् । उनका हातका औँला आफैले खाएर केहिपनि छैनन् । खुट्टाका औला लगभग झरीसकेका छन् । दाँतले जिब्रो टोकेर आधा काटिएको छ ।

डाक्टरले उपचार सम्भव हुने भनेपनि आर्थिक अवस्था कमजोर भएपछि सोनालीकाको उपचारका लागि परिवारका सदस्यले सहयोगको अपिल गरेका छन् । सोनालीकालाई पढ्न मन लाग्दो रहेछ अरुझै हिड्न मन लाग्दो रहेछ तर उनी सकिरहेकी छैनन् । उनका हजुरबुबाले सोनालीकाको उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया