अछाम -मल्लेख गाउँपालिका– ६ सोडसास्थित भुडीगाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।चट्याङ लागेर १८ वर्षीया हिउँकलाकुमारी बोहोराको निधन भएको हो ।

जङ्गलमा घाँस काट्न गएका बेलामा चट्याङ लागेर उनको मृत्यु भएको मल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहोराले जानकारी दिनुभयो । पानी परेका बेला ओत लाग्नका लागि रुखमा अडेस लागेको अवस्थामा बोहोरालाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया