सिन्धुपाल्चोक । चार जनाको ज्यानै जानेगरी भएको विष्फोटको घटनालाई अन्यत्र मोडेर गुपचुप पारिएको रहस्य खुलेको छ । गत चैत्र ११ गते निर्माणाधिन अपर चाकु जलविद्युत आयोजनामा भएको विष्फोटको घटना लुकाएको भन्दै स्थानियले विरोध गरेपछि यो रहस्य बाहिर आएको हो । स्थानियले विरोध गर्दै छानविन गर्न विभिन्न निकायमा उजुरी हालेपछि उक्त विष्फोट काण्ड पुरै शंकास्पद देखिएको हो ।

यअसघि खाना पकाउने ग्याँसको सिलिण्डर पड्केर उक्त विष्फोट भएको र चार जनाको ज्यान गएको खबर सार्वजनिक भएको थियो । स्थानीयबासीले भने आयोजना निर्माण गर्दा प्रयोग हुने विष्फोटक पदार्थ जिलेटिनको विष्फोटन हुँदा उक्त घटना भएको बताएका छन् । उक्त विष्फोट ग्याँस पड्केर भएको बताइएता पनि ग्याँस पड्केको पुष्टि हुने कुनै प्रमाण र आधार नभेटिएपछि स्थानियले त्यसको विरोध गर्दै जिलेटिन विष्फोट भएको र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् ।

‘हामीले पहिलादेखि नै भनिरहेका छौं कि यो घटनालाई नलुकाइयोस्, छानविन गरेर सत्यतथ्य बाहिर ल्याइयोस्,’ स्थानिय फुर्पा शेर्पाले भने, ‘विष्फोटको घटनालाई गलत प्रचार गरियो । जिलेटिन पड्किएको हो, चार जनाको ज्यान गएको छ, त्यसको निष्पक्ष छानविन हुनुपर्छ ।’ उनले छानविनको माग गर्दै विभिन्न निकायमा निवेदन दिएको समेत बताए । ग्याँस र जिलेटिन पड्केको जो कोहीले अन्दाज गर्न सक्छ, स्थानियले नै सुरक्षा निकायलाई खबर गरेपछि उनीहरु आएका हुन् ।घटनाका सम्वन्धमा प्रत्यक्षदर्शीसँग बुझ्न आग्रह गर्दा पनि प्रहरी र स्थानिय प्रशासन आयोजनाको बचाउमा लागेको स्थानियको आरोप छ ।

तपाईको प्रतिक्रिया