काठमाडौँ – आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाब उपत्यकासहित देशभरी नै पर्यो । त्यस्तै आज बिप्लप नेतृत्वको नेकपा माओवादी समूहले गरेको बन्दका क्रममाठाृँ ठाँउमा गाडीहरुमा आगजनी भएको छ । भने धेरै ठाउमा बम फेला परेको छ ।त्यस्तै बझाङमा पनि विस्फोटक पदार्थ फेला पारेको छ ।प्रहरीका अनुसार बझाङको प्रसिद्ध धार्मिक मेला बान्निकी चैतलीमा विस्फोटक पदार्थ फेला परेको हो ।

छबिसपाथीभेरा गाउँपालिकाको बान्नीचौर नजिकैको मेलास्थलमा फेला परेको उक्त विस्फोटक पदार्थ सहितको झोला विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले छोडेको हुन सक्ने अनुमान गरिएको छ ।प्रहरीका अनुसार मेलाको भिडको बीचमा विस्फोटक पदार्थ सहितको झोला फेला पारेको बताइएको छ । झोला भित्रबाट विस्फोटक पदार्थ डिटोनेर ६ थान, बारुद भएको लोला २ थान, विद्युतीय तार ६० मिटर फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया