एजेन्सी । कलाकार होस् वा सामान्य नागरिक वा कोही भिआइपी नै किन नहोस् हरेकको जीवनमा सेक्सले विशेष भूमिका निर्वाह गर्छ । सबैको योन जीवन रोचक हुन्छ । फरक त्यति हो कसैले यसका विषयमा केही खोल्छन् कसैले खोल्दैनन् । बलिउड चर्चित नायिका बिद्या बालनलाई सेक्स सम्बन्धी सोधिएका प्रश्नमा उनले निकै रचनात्मक तरिकाले उत्तर दिएकी छिन् ।

निर्माता, निर्देशक, कलाकार तथा एङ्कर समेत रहेका करणले एक लाइभ शोमा बलिउड हिरोइन विद्या बालनलाई सेक्सपछि के खान्छ्यौ भनेर प्रश्न गरेपछि बिद्याले करणका अप्नसनमा सहमती नजनाई फरक उत्तर दिएकी छिन् । करणले कार्यक्रम ‘करण कलिङ’मा विद्याका गोप्य कुराहरु गर्दै बेडरुमका धेरै गोप्य कुराहरु गर्छन् । रेपिड फायर सुरु गर्दै करणले सोधेका प्रश्नमा बिद्याले उत्तर दिँदै जान्छिन् तर अन्त्यमा करणले सबै दायराहरु पार गर्दै सेक्सको विषयमा प्रवेश गर्छन् र सोध्छन् सेक्स गरेपछि के खान्छ्यौ ? चकलेट, ग्रीन टी वा अर्को एक राउण्ड रु विद्याले लजाउँदै भन्छिन् पानी । बलिउड हिरोइन विद्या बालनसँग करणले यसरी प्रश्न गरेपछि बलिउडमा नयाँ तरंग नै पैदा भएको छ । जसका कारण करण विबादमा तानिएका छन् ।

तपाईको प्रतिक्रिया