एजेन्सी। करिब ३० हजार फुट उचाइमा रहेको विमानमा विस्फोट हुँदा पनि सबै यात्रु सकुशल रहेका छन् । १४९ जना यात्री सवार विमानमा एक अज्ञात वस्तु ठोक्कियो र विमानको झ्याल फुट्यो। विमानको एक इन्जिनमा विस्फोट भएपछि विमान ५०० मिल प्रति घण्टाको रफ्तारमा ३० हजार फुटको उचाइमा उडिरहेको विमानलाई फिलाडेल्फियामा आपतकालीन अवस्थामा अवतरण गराउन सफल भइन् पाइलट टेमी जो शल्ट्स ।

जो मेरिकी नौसेनामा लडाकू विमानको चालक भएर काम गरिसकेकी छन्। उनी ड्यालस जाँदै गरेको विमान–१३८० को क्याप्टेन र पाइटल थिइन्। बिष्फोटका कारण विमानको एक झ्यालमा क्षति पुगेको छ भने एक महिला यात्री विमानको सोही झ्यालबाट जमीनमा खस्न पुग्छिन्।

फुटेको झ्यालबाट बाहिर झरेकी महिलालाई पनि बचाइएपनि टाउकोमा चोट लागेका कारण पछि उपचारका क्रममा उनको निधन भयो। आपतकालीन अवस्थमा पनि टेमीले सम्यमतापूर्वक काम लिँदै एयर ट्राफिक कन्ट्रोललाई पूरै जानकारी दिएका कारण सबै यात्रु बाँच्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया