यूएई – यूएईमा एक नेपालीको मृत्‍यु भएको छ ।मृत्यु हुनेमा ईन्द्रसरोवर(४, मकवानपुरका रामहरि रुम्बा रहेका छन् ।कम्पनीको काम गरी फर्केर साँझ खाना खाई सुतेका उनको सुतेकै अवस्थामा मृत्यु भएको बताइएको छ ।

रुम्बा बिहान ड्यूटी जान नउठेपछि उठाउन खोज्दा मृत्यु भइसकेको काका समिप रुम्बाले बताएका छन् ।३० वर्षीय रुम्बाको परिवारमा श्रीमतीसहित ९ वर्षीय छोरा र ४ वर्षीया छोरी छन् । रुम्बा कामका लागि ७ महिना पहिले यूएई गएका थिए ।

तपाईको प्रतिक्रिया