युएई – युएईमा एक नेपालीको मृत्यु भएको छ । दुई नेपालीबीच विवाद हुदाँ पाल्पाका तिलक चौधरीको मृत्यु भएको हो ।रक्सी सेवनका क्रममा दुई नेपालीबीच विवाद हुदाँ साथीको छुरा प्रहारबाट चौधरीका मृत्यु भएको हो । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले आफ्नै साथिलाइ छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहार बाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।रक्सीको मातमा देशको राजनीति र विकासका बारेमा उनीहरु बिच कुराकानी भइरहेको बताइएको छ ।विवाद बढ्दै गएपछि राईले चौधरीलाइ छुरा प्रहार गरेका हुन् ।

तपाईको प्रतिक्रिया