काठमाडौँ । चर्चित नायक तथा निर्माता भूवन केसी सिक्किम पुगेका छन् । भुवन त्यहाँ एक्लै भने गएका होइनन् । कुनै बेला अभिनेत्री जीया केसीलाई लुकाउँदै हिड्ने भूवन अहिले जीयालाई खुलेयाम एकसाथ हिँड्न थालेपछि भुवन जियाका साथमा पुगेका हुन् । यो जोडीको साथमा निर्देशक दिवाकर भट्टराई पनि छन् । फिल्म ‘क्याप्टेन’को निर्माण तयारीमा जुटेको यो टोलीले त्यहाँ लोकेशन हेर्ने काम गर्ने निर्माण यूनिटले जनाएको छ । सिक्किममा फिल्मको रोमान्टिक गीतको छायांकन गर्ने तयारी उनको छ । अभिनेता अनमोल केसी, अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले यो फिल्ममा काम गर्दैछन् ।

भूवनकै होम प्रोडक्शनमा यो फिल्म बन्दैछ । स्कटल्याण्ड जाने बेलामा जीयालाई सँगै लिएर हिडेको भिडियो र तस्बिर सार्वजनिक भएपछि अहिले भूवन र जीया सार्वजनिक कार्यक्रममा खुल्न थालेपछि पछिल्लो समय भुवन र जियाको जोडीलाई ठाउँ ठाउँमा देख्न पाइन थालेको छ ।

तपाईको प्रतिक्रिया