जनकपुरधाम । गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घटना हो धनुषाको । धनुषाको गणेशमान चारनाथ नगरपालिका(१० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेपछि घटनाको रहस्य खुलेको हो । मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। उनको विबाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका – १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको माइती पक्षले जनाएको छ ।

सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए। विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको र प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । छोरीको हत्या भएको थाहा पाए लगत्तै अञ्जलीका बाबु आमा दुवै बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

छोरीको हत्या भएपछि जिल्ला अदालत धनुषाको प्रांगणमा भेटीएकी आमा ज्ञानुले रुँदै भनिन् पेटमा गर्व बसेपछि छोरीको दशा लागेको रहेछ । गर्भ परिक्षण गर्दा छोरी भएको थाहा पाए लगत्तै अञ्जलीका श्रीमान्ले दिनहुँ कुटपिट गर्ने गरेको र यावत यादना सहनु परेको माइतीलाई बताउँदै आएको रहस्य खोलीन् । हत्या भएकै दिन अञ्जलीका श्रीमान्ले माइतीबाट जबरजस्ती लिएर आएका थिए । अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरी निलडाम देखिएकोर उनका श्रीमान् पक्षले कुटेर हत्या गरेको आमा ज्ञानुले बताइन् ।

तपाईको प्रतिक्रिया