काठमाडौँ । चलचित्र ‘रुद्रप्रिया’ असफल भएपछि आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माण गर्ने तयारी गरेकी नायिका तथा निर्मात्री रेखा थापाबिच निर्देशकको प्राय लफडा पर्ने गरेको छ । निर्देशक श्याम भट्टराइको लफडाले बेला बेलामा मिडियामा चर्चा पाइरहँदा रेखाको फिल्मबाट फेरी अर्की निर्देशक सम्झना रौनियारले पनि हात झिकेकी छिन् ।

स्रोतका अनुसार यो चलचित्रको सुरुमा नाम ‘लाल मस्तिष्क’ राखियो र पछि चलचित्रको नाम परिवर्तन गर्दै ‘मलिका’ राखियो । चलचित्रका लागि कलाकार फाइनल गर्ने काम भैरहेका बेला चलचित्रको नाम परिवर्तन भएसँगै सम्झनाले यो प्रोजेक्टबाट हात झिकेको बताएकी छिन् । उनले, व्यवसायिक कारणले यो प्रोजेक्टबाट हात झिकेको स्टाटस लेखेकी छिन् । यद्यपी यि दुईबिचको सम्बन्ध पहिले पनि त्यति सुमधुर थिएन । रेखाको सम्बन्ध किन आफ्नै सहकर्मीहरुसँग गाढा हुन सक्दैन, यो वुझिनसक्नु छ । स्टटाटसमा निर्देशक रौनियारले अन्य धेरै कुरा भने लेखेकी छैनन् । यसअघि चलचित्र ‘हिम्मतवाली’ निर्माण गर्दा नायिका रेखा थापा र निर्देशक श्याम भट्टराइको सम्बन्ध पनि यसरी नै बिग्रिएको थियो । रेखाले आँफुले श्यामलाई निकालेको बताएकी थिइन् भने श्यामले आँफैले हात झिकेको उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया