काठमाडौँ । नायिका केकी अधिकारी र नायिका प्रियंका कार्की मिल्ने साथी हुन् । तर ब्यबसायमा भने उनीहरुको प्रतिस्पर्धा बेलाबेलामा भइरहेको देखिन्छ । ब्यक्तिगत जीवनमा नभई उनीहरुको प्रतिस्पर्धा यही शुक्रबार, बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म कोहलपुर एक्सप्रेस र ‘ह्याप्पी डेजबिच हुने भएको हो ।

नायिका केकीले प्रचारका लागी रोबर्ट सोफिया र केपी ओलीको साथ खोजीरहेका बेला प्रियंकाको यूनिटले भने रथ यात्रा गर्ने भएको छ ।

सोमबार राजधानीका विभिन्न ठाउँमा नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्तालाई रथमा राखेर यात्रा गराउन लागिएको हो । नायक दयाहाङ राई भने उपस्थित हुने नहुने पक्का भैनसकेको निर्देशक मिलन चाम्सले बताए ।

उनीहरुको रथयत्रा सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । त्यसपछी पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने निर्माण यूनिटले जनाएको छ ।

तपाईको प्रतिक्रिया