काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सरप्राइज दिने गरी छिट्टै नै एकता हुने बताएका छन् । प्रचण्डले भने वैशाख ९ गते एकता हुन्छ भन्यौँ, वैशाख ९ मा गर्दा राम्रो हुन्छ भन्ने थियो, एकता संयोजन समितिले स्वीकारेको थियो तर निर्णय भइसकेको थिएन’ ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वाम एकताले दिएको सरप्राइज जस्तै एकता पनि ड्याम्मै हुने दाबी गर्दै भने ओलीजीसँग सकारात्मक छलफल हुँदा पनि अनेकन हल्ला गरियो । तर अब एकता हुन्छ हुन्छ ।’

प्रचण्डले एकता भाँड्न धेरै तागत, विचार प्रवृत्ति सक्रिय भइरहेको पनि उल्लेख गरे । ‘वैशाख ९ मा भएन, ओलीजी र मैले त्यो दिन गर्छौँ भनेर मिति तोक्यो भने हुँदैन, एकता हुन्छ भनेको दिन हुँदैन’, प्रचण्डले भने, ‘हामीबीच ड्याम्मै एकता हुन्छ र गर्नु पनि पर्छ ।

उनले भने, ‘तर निर्णय नै गरिसकेको भनेर हल्ला गरियो । सो अवसरमा ठट्टा गर्दै उनले भने ठुलो पार्टी हुँदाको अनुभूति पनि आफूहरुसँग रहेको बताउँदै जनताले पछारेपछिको अनुभव पनि बटुलिसकेको भन्दै ठट्यौली गरे । ‘

तपाईको प्रतिक्रिया