काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा नेता तथा कार्यकर्ताहरुले मेरो कान फुखे भने असर गर्ने बताएका छन् । आइतबार राष्ट्रियसभा गृहमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘मेरो कान एतातिरबाट पनि उतातिरबाट फुक्न थाल्यो भने असर नै गर्दैन भन्दिन म, किनकि म पनि मान्छे हुँ असर गर्छ, मलाइ मात्रै होईन एमाले अधयक्ष केपी ओली जी असर गर्छ ।’

त्यस्तै एकतामा दायाँबायाँ गरे जनताले छुट नदिने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘मैले र एमाले अध्यक्ष केपी ओली जी र मैले एकतामा दायाँबायाँ गर्न खोजे जनताले छुट दिदैंनन् ।’ त्यस्तै उनले एकताको मिति हामीले अहिलेसम्म तोकेका छैनौं तोकेपछि ड्वाङगै एकता हुन्छ ।’

तपाईको प्रतिक्रिया