नेपालगन्ज । नेपालगन्जमा तीनबर्षअघि भएको हत्याको घटनाका आइतवारवाट अदालतमा वहस सुरु भएको छ । नेपालगन्जको व्यस्त सडकमा तीन वर्ष अघि खुडा प्रहार गरी हत्या भएको थियो ।

 

तीनबर्षअघि नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझी चौकमा नेपालगञ्ज–८ का २९ वर्षीय चेतन मानन्धरलाईको हत्या भएको थियो । उनलाई २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी हत्या भएको हो । सो घटनामा संलग्न भएका भनिएका सो क्षेत्रका चर्चीत गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्ष अघि नै आत्मसमर्पण गरिसकेका छन् । सोही घटनामा आइतवारदेखि बहस सुरु भएको हो । हत्याका मुख्य अभियुक्त रिगल ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदालत बाँकेका न्यायधीश बिष्णु सुवेदीलको इजलासमा वहस सुरु भएको हो । आइतबार जिल्ला न्यायधीबक्ता टेकबहादुर थापाले बहस गरेका छन् । रिगलको पक्षबाट धेरै कानुन ब्यवसायी वहसमा सहभागी भएका छन् । जसका कारण वहसमा धेरै दिन लाग्ने बताइएको छ । न्यायधीश सुवेदीले सो घटनालाई गम्भिरताका साथ लिएर छिटै छिनोफानो गर्ने हिसवाले वहस जारी राखेका छन् ।

दुई वर्ष अघि नै आत्मसमर्पण गरेका रिगल सोही हत्याको घटनापछि कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । प्रहरीले गुण्डा नाइकेहरुलाई खोजी खोजी इन्काउन्टर गर्न थालेपछि रिगलले आत्मसमर्पण गरेका थिए ।

दिउँसै सडकमा युवकको हत्या गरिएपछि यो घटनालाई नेपालगञ्जबासीले पनि निकै उत्सुकताका साथ हेरिरहेका छन् ।हत्यामा संलग्नमध्ये रुकुम पेउघा ७ का २२ वर्षीय प्रशान्त गौतम, बाँके शम्शेगञ्ज ६ का २९ वर्षीय नवराज खत्री, सुर्खेत विनपा ६ का २२ वर्षीय विशाल बस्नेत, छिन्चु २ का २५ वर्षीय मोहन खड्का, बाँके महादेवपुरी २ का २१ वर्षीय केशव रोकाय, नेपालगञ्ज ५ का ३२ वर्षीय प्रितम थापा, नेपालगञ्ज १६ का ३२ वर्षीय माधव परीयार, दाङ्ग हलवार ३ घर भई हाल नेपालगञ्ज २४ कारकादौँ बस्ने २७ वर्षीय हरी वली नेपालगञ्ज कारकादौँका २७ वर्षीय विवाद पाठक, प्यूठान सेउलीवाङ्ग घर भई हाल नेपालगञ्ज ५ बस्ने २५ वर्षीय यमबहादुर बुढामगर, नेपालगञ्ज २४ का मनिश चौलागाईलाई त्यस समयमा पक्राउ गरेको थियो भने नेपालगञ्ज २४ का सोहनसिंह ढकाल र नेपालगञ्ज कारकादौँका दीपेन्द्र सिंह फरार थिए । हाल सबैजना पक्राउ परि कारागारमा छन् ।

तपाईको प्रतिक्रिया