ललितपुर — हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ ।

आइतबार राति बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए। उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन्।

सवा ८ बजेतिर बम विस्फोट भएको र यादवको घरको सिसाहरु फुटेको प्रहरीले जनाएको छ। ‘कसले र किन बम पड्काएको भन्नेबारेमा खुलेको छैन ‘एसएसपी एेरले भने।

यादवकै घरबाहिर अर्को शंकास्पद वस्तु भेटिएको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।

तपाईको प्रतिक्रिया