दक्षिण भारतिय फिल्मका सुपरस्टारहरूप्रति उनीहरूका प्रशंसकको लगाव बेग्लै खाले हुने गरेको छ। दर्शकहरूले आफ्ना प्रिय कलाकारलाई देउतै मान्ने गर्छन्। तेलेगु फिल्म स्टार महेश बाबुको नयाँ फिल्म ‘भारत एएन नेनु’ शनिबारबाट प्रदर्शनमा आएको छ।

उनका हरेक फिल्म रिलिज हुँदा दर्शकहरूले उनको फिल्मलाई सिनेमा हलमा भारी र अति उत्साहका साथ स्वागत गर्ने गर्छन्। यस पटक फिल्म रिलिज हुँदा सामाजिक संजालहरूमा उनीप्रति यसअघि कहिल्यै नदेखिएको हलचल देखिएको छ।

यस फिल्ममा महेश बाबु एक मुख्यमन्त्रीका रूपमा देखिएका छन्। उनको यो रूप हेर्न दर्शकहरूको भीड सिनेमाघरमा नाटकियरूपमा उर्लेको छ। उनका प्रशंसकहरूले ‘महेशबाबु फस्ट डे फस्ट शो’ ह्यासट्यागमा आफ्नो फोटो राख्दै फिल्मप्रति प्रेम दर्शाइरहेका छन्। यो शैली बाढी जसरी सामाजिक संजालमा देखिएको भारतिय संचारमाध्यमले जनाएका छन्।

संसारभर रहेका उनका प्रशंसकलाई ध्यानमा राख्दै फिल्म ४५ देशमा एकसाथ रिलिज गरिएको छ। फिल्ममा उनलाई राज्यसँग युवाको अधिकारका लागि लड्ने एक पढेलेखेका युवाको भूमिकामा देखाइएको छ। कति ठाँउमा प्रशंसकहरूले उनको ठूला ठूला पोस्टरहरूमा दुधले समेत नुहाइरहेका खबरहरू सार्वजनिक भइरहेको छन्।दर्शकबाट फिल्मले शानदार प्रतिक्रिया पाइरहेको छ।

तपाईको प्रतिक्रिया