काठमाडौं – पूर्व डिआईजी गोविन्द निरौलाले सुन तस्करीमा सघाएको खुलेको छ। विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानको क्रममा लागि पूर्व डिआईजी निरौला पक्राउ परेका छन्। गृह मन्त्रालयको छानबिन समितिले उनलाई उनलाई आइतबार पक्राउ गरेको हो।

स्रोतका अनुसार निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखेको छ। तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई थुनामा राखिएको हो। निरौलाले गत चैत २८ गते मात्र अवकाश पाएका थिए।

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए। तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो। सो प्रकरणमा एसएपी प्रेम चन्द, श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपी संजय राउत लगायत पनि छानबिनमा छन्।

तपाईको प्रतिक्रिया