काठमाडौँ । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र नायक आर्यन अधिकारी अभिनित फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । सबिर श्रेष्ठको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रलाई डिसिएनले प्रदर्शन गर्न लागेको फिल्मको फस्ट लुक्स चाडैँनै दर्शकमाझ सार्वजनिक गरिने निर्माण यूनिटले जनाएको छ ।

नाम जस्तै चलचित्रले दर्शकलाई बाँध्न सक्नेमा उनी आशावादी छन् । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुति रहेको बाँध मायालेको निर्माण सबिरसँगरामहरी धिताल र विभेषिका श्रेष्ठले सहकार्य गरेका छन् । सह निर्माताको रूपमा महेन्द्र अधिारी र केदार धिताल आबद्ध छन् । चलचित्रमा सृष्टि र आर्यान पहिलो पटक एकसाथ देखिन्दैछन् । चलचित्रमा सृष्टि र आर्यनको अलावा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया