काठमाडौँ । हरियाणाकी डान्सर सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ले यतिबेला सामाजिक संजाल तथा मिडियामा भाइरल रुप धारण गरेको छ ।

आईपीएल क्रिकेट मैदानमा आफ्नो ब्याटको कमाल देखाइरहेका किंग्स इलाभेनका पञ्जाबका मुख्य खेलाडी क्रिस गेल आँपःैमा एक कुशल डान्सर पनि रहेछन् भन्ने कुरा यो भिडियोमा देखिएको उनको नृत्यले पुष्टी गरेको छ ।

गेल सपना चौधरीको हिट गीत ‘तेरी आंख्याका यो काजल’ गीतमा नाचेका हुन् । हरियाणाकी डान्सर सपना चौधरीको गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

सपना चौधरीले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एउटा भिडियो शेयर गरेपछि यो भिडियोले भारत, नेपाल र गेलको देश वेष्ट इण्डिजका अलावा विश्वका धेरै देशमा तहल्का नै मच्चाइरहेको छ ।

तपाईको प्रतिक्रिया