एजेन्सी । चेक बाउन्स गरेको आरोपमा बलिउड चर्चित अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय तोकीएको छ । दिल्लीको कडकडडूमा अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

भारतीय मिडियाका अनुसार अदालतले उनलाई तीन लाख पचास हजार रुपैयाँ धरौटीमा जमानत दिएको छ । राजपाल माथी ७ वटा चेक बाउन्स भएको आरोप लागेपछि उनी पछिल्लो समय तनावमा थिए । यादवलाई प्रति चेक एक करोड ६० लाख रुपैयाँ हर्जना तिर्न अदालतले आदेश दिएको छ । राजपाल यादव र उनकी पत्नी राधासहित उनको कम्पनीका सात जनालाई चेक बाउन्स भएको आरोपमा अदालतले दोषी ठहर गरेको र राजपालले अदालतको फैसला आफ्ना लागी स्वीकार्य भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया