काठमाडौँ । अन्तत दिल्ली डेयरडेभिल्सले आजको खेलमा पनि नेपाली बलर सन्दीप लामिछानेलाई उतारेन । घरेलु मैदानमा दिल्लीले पञ्जाब बिरुद्ध उतार्ने आशा गरिएपनि सन्दीप दिल्लीको टिम ११ मा आज पनि पर्न सकेनन् ।

टस जितेर दिल्लीका कप्तान गौतम गम्भीरले फिल्डिङ रोजे तर सन्दिपलाई दिल्लीले आज पनि खेलाएन । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला रंगशाला स्पिनरमैत्री भएकाले आज सन्दीपले खेल्ने सम्भावना निकै रहेको दिल्ली आफैले बताएपनि अन्तिम समयमा आएर दिल्लीले सन्दिपलाई मैदानमा उतारेन । आईपीएल क्रिकेटको ११ औँ सिजनमा पञ्जाबले पाँच खेलमध्ये चार खेल जितेको छ भने दिल्लीले १ खेलमा जित निकालेको छ भने ४ खेलमा पराजय बेहोरेको छ ।

तपाईको प्रतिक्रिया