काठमाडौं – गए राति इन्डियन प्रिमियर लिग अन्तर्गत भएको खेलमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ । सन्दीप लामिछाने बिना खेलेको दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको हो । उक्त खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनायो ।

दिल्लीका लागि ऋषभ पन्तले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा नटआउट ७८ रन बनाए । त्यस्तै शिखर धवनले २७ बलमा आठ चौका र दुई छक्का गरी ५४ रन र पृथ्वी शवले ३९ शलमा चार चौका र एक छक्का गरी ४२ रन बनाए ।उक्त खेलमा राजस्थानका श्रेयश गोपालले दुई विकेट लिए । त्यस्तै उक्त खेलमा दिल्लीका कागिसो राबडाले दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया