काठमाडौं (शिशिर भण्डारी) जिन्दगीमा मरेर लानु केहि रहेनछ, जस्तो आयो त्यस्तै जानुपर्ने रहेछ । यो मेरो होईन १०१ बर्षकी आमा रामदेवी श्रेष्ठको भोगाई हो । बि.सं १९७५ सालमा काठमाडौंमा जन्मनु भएकी आमा रामदेवी श्रेष्ठ सबैले राजको डाईभर्नी भनेर चिन्दछन् । तत्कालिन समयमा राजा महेन्द्रको गाडी चलाउने भएका कारण आमाले यो उपमा पाउनु भएको हो ।

तत्कालिन राजा महेन्द्रका कुरा, राजरिवार भित्रका अनौठा गतिविधि, आफ्नो परिवारको कुरा र त्यति बेलाको काठमाडौंलाई आमा रामदेवी श्रेष्ठले सम्झेजति हामीलाई सुनाउनु भयो । १०१ बर्षकी आमाले जवानीका कति कुरा त भुलिसक्नु भएको रहेछ । भुल्नु स्वभाविक पनि हो । तैपनि हामीसंग रमाईलो कुरा गर्दै सम्झेजति सबै कुरा आमाले साट्नुभयो ।

आमाका अनुसार उहांको श्रीमानलाई दुश्मनले षड्यन्त्र रचेर मारे । कुनै पनि सन्तान भएनन्, त्यसैकारण रामदेवी श्रेष्ठ आमा यति बेला काठमाडौंको रबिभवनमा रहेको आमाको घर नामक बृद्धाश्रममा हुनुहुन्छ । हामी आमाका लागि केहि फलफुल लिएर त्यहां पुगेका थियों । आउनुहोस, यो भिडियोलाई पुरा हेरौं ।

तपाईको प्रतिक्रिया