काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्य आज घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मुल्य ५९ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मुल्यमा भने कुनै परिबर्तन भएको छैन । आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया