काठमाडौँ – अस्ट्रेलियामा एक ३१ वर्षीय नेपाली युवकको ज्यान गएको छ । ज्यान जानेमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठ रहेका छन् । उनको शनिबार हृदयघातका कारण ज्यान गएको हो ।नेपालबाट अस्ट्रेलिया अध्यान गर्न पुगेकी दुर्गा अधिकारीको डिपेन्डेन्ट भीसामा सिड्नी पुगेका उनको हृदयघातका कारण अस्पतालमा नै ज्यान गएको हो ।

बिहान पानी पिउन ओछयानबाट उठेका उनी बेहोस भएपछि कोगाह्रस्थित सेन्ट जोर्ज अस्पताल लगिएको उनको उपचारको क्रममा ज्यान गएको हो । उनको शव नेपाल ल्याउने तयारी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया