काठमाडौँ – भर्खरै बिबाह बन्धनमा बाधिएका चर्चित जोडी हुन् अभिनेत्री वर्षा राउत र अभिनेता संजोक कोइराला । पछिल्लो समय यो जोडीको निकै चर्चा भइरहेको हुन्छ ।लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुइले केहि समय अघि मात्र बिबाह गरेका थिए ।यी दुइले भ्यालेन्टाइन डेमा विवाह गरेका हुन् ।अहिले भने यी जोडी हनिमुनको लागि फ्रान्स पुगेका छन् ।

उनीहरु पेरिसको आइफिल टावरको अगाडि खिचेका केही तस्वीरहरु अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।स्विरमा यो जोडी रोमान्टि बनेका छन् ।विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुन निस्कन नपाएका यो जोडीले अब भने हनिमुनका लागी निस्किएका छन् ।यी दुइ बिहे लगत्तै आफ्नो थुप्रै कामहरु सक्काएर प्लान स्वरुप गएको शुक्रबार हनिमुन हिँडेका थिए ।

तपाईको प्रतिक्रिया