एजेन्सी – पछिल्लो समय धेरैजसो बलिउडमा चर्चामा आइरहने अभिनेताहरु हुन् अभिनेता सलमान खान र शाहरुख खान ।यी दुइका फिल्म बलिउडमा अन्य अभिनेता भन्दा धेरै आउने गर्छन् । यसैक्रममा एक नयाँ कुरा पनि बाहिरिएको छ । अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’ मा अर्का अभिनेता शाहरुख खान पनि खेल्ने भएका छन् ।

भारतिय मिडियाका अनुसार फिल्म ‘दबंग–३’मा शाहरुख खानले केमियो रोल प्ले गर्दैछन् । फिल्ममा सलमानलाई एक ब्यक्तिले सहयोग गर्नेछ, जुन भूमिका शाहरुख खानले प्ले गर्नेछन् ।यो भन्दा अघि पनि यी दुबै आ आफ्नो फिल्ममा एक अर्कालाई केमियो भूमिकामा ल्याउदै आएका छन् । यो भन्दा पहिले शाहरुखको फिल्म ‘जिरो’मा सलमान एक गीतमा देखिएका थिए भने सलमानको फिल्म ट्युवलाइटमा शाहरुखले एक म्याजिसियनको केमियो गरे ।

तपाईको प्रतिक्रिया