काठमाडौँ, ११ वैशाख । नेपालीहरुमा अमेरिका मोह पनि अचम्मैको छ । अमेरिका पुगेपछि स्वर्ग नै पुगेजस्तो जीवन नै अर्कै भन्ने भ्रम छ । त्यसकारण नेपाली मानसिकता अमेरिका पुग्नको लागि जे पनि गर्न तयार हुन्छन् ।

काठमाडौंको एक परिवारले आफ्नी छोरीलाई अमेरिका पठाउन गरेको हर्कत देखेर प्रहरी अधिकारीहरु समेत चकित भएका छन् । डिभी परेको एक केटासँग नक्कली बिहे गराएर १७ वर्षीय छोरीलाई अमेरिका पठाउन खोज्दा एक परिवारको ठूलो बेइज्जती त भएको छ नै, साथै छोरीसमेत हिरासतमा पुगेकी छिन् ।

बिशालनगर बस्ने एक निम्न मध्यम स्तरको आर्थिक अवस्था भएको परिवारको कथा हो यो । १७ वर्षीय सरु खड्का भर्खरै प्लस टू पढेदै थिइन् । उनको आमालाई जसरी पनि छोराीलाई अमेरिका पठाउने रहर थियो । उनी छोरीलाई अमेरिका पठाएर छरछिमेक र समाजमा सान बढाउन चाहन्थिन् ।

छिमेकमा बस्ने विवेक कार्कीले उनले अमेरिका मोह थाहा पाए । आफ्नो साथीलाई डिभी परेको र उसँग नक्कल बिहे गरेर सजिलै अमेरिका पठाउन सकिने कुरा उनले बताए । उनी जसरी भए पनि अमेरिका जान तयार भइन् र त्यसमा लागि ३१ लाख रुपैयाँको डिल भयो । खड्का परिवारसँग पैसा थिएन । तर, पनि घर बैंकमा राखेर पैसा निकालेर दिएका थिए । कार्की र उनको साथी विवेक नेपाल खड्का परिवारबाट ३१ लाख लिएर छोरीलाई अमेरिका पठाउन ठेक्का लिएका थिए । त्यसमध्ये ५ लाख डिभी परेका रेशमबहादुर केसीलाई दिए । बाँकी २६ लाख रुपैयाँ आधा–आधा राखे ।दृष्टि साप्ताहिकमा खबर छ ।

पैसा बुझाएपछि सरु भिसाको लागि दूतावास गइन् । दूतावासलाई शंका लागेपछि प्रहरीलाई खबर भयो । प्रहरीले अनुसन्धान गर्दा नक्कली भएको पुष्टि भएपछि सरुसहित चारै जनालाई गत बिहीबार पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया