काठमाडौँ । आममाफी पाएर कुवेतबाट करिब चार हजार नेपाली स्वदेश फर्किने भएका छन् । कुवेत सरकारले खुल्ला गरेको आममाफीको अवधिमा नेपाली दूतावास कुवेतले तीन हजार ७१४ जनाले यात्रा अनुमती पाएको स्रोतले जनाएको छ ।

जसमध्ये यात्रा अनुमति लिनेमा दुई हजार १९६ जना महिला छन् भने एक हजार ४७९ पुरुष र अरु बालबालिका छन् । कुवेत सरकारले पहिलो चरणमा २९ जनवरी, २०१८ देखि २२ फेब्रुवरी, २०१८ सम्म आममाफी दिएको थियो । कुवेतमा पाँच हजार नेपाली गैरकानूनी रुपमा बसोबास गरिरहेको अनुमान गरिरहेका बेला तीन हजार ७१४ जना नेपालीको भाग्य खुलेको हो । तीमध्ये झण्डै चार हजारले मात्रै नेपाल फर्कन ट्राभल डकुमेन्ट लिएको तावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया