आगामी आर्थिक वर्षकाे बजेट घाेषणापछि गाडी र मदिराकाे मूल्य अझै बढ्ने भएकाे छ। चालू आर्थिक वर्षमा सरकारले विलासीताका महंगो सवारी साधनको अन्तशुल्कमा गरेकाे वृद्धिले गाडी र मोटरसाइलको मुल्यमा १०० प्रतिशतसम्म वृद्धि भएको छ। सरकारले १००० सिसिका गाडी र १५० सिसिका मोटर साइकलमा अन्तशूल्क वृद्धि गरेको हो।

भन्सारमा १००० देखि १५०० सीसीसम्मका गाडीलाई पहिले लाग्दै आएको भन्दा ५ प्रतिशत बढी अन्तशूल्क लाग्नेछ। अहिले मूल्यको ६० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा अब त्यो बढेर ६५ प्रतिशत भएको छ। त्यसैगरी १५ सयदेखि २००० सीसीसम्मका गाडीमा ७० प्रतिशत अन्तशूल्क वृद्धि गरेको थियो।

आगामी आर्थिक वर्ष (२०७६।७७)को बजेटमार्फत यसको वृद्धिदर अझ बढाउने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्। उनले विलासितताको लागि प्रयोग गरिने सवारी साधानमा यो वर्ष पनि करको दायरा बढाउने बताएका हुन।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफलमा विलसिताको लागि प्रयोग गरिने जुन उत्पादनमुलक क्षेत्रमा प्रयोग गरिन्छ त्यसमा सरकार सधै कडारुपमा प्रस्तुत हुने जानाकारी गराए। त्यस्तै गरि मदिराको सन्दर्भमा पनि करको दायरा विस्तार गरिने जानाकारी गराए।

तर सरकारले लिने राजश्व नीति तथा त्यसको लक्षलाई मात्रै केन्द्रित गरी कर संकलन चाहिँ नहुने अर्थामनत्री खतिवडाको भनाई छ। राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न नसकिने उनले बताए।

विकास बजेट खर्च नहुनाको कारण तथा असारे विकासको बारेमा आएको जिज्ञासाको उतरमा उनले धेरै आयोजनाहरुको काम भए पनि भुक्तानी प्रक्रिया भने जेठ असारमा हुने गरेको छ। केही निकायहरुले वर्षको अन्तिममा पनि काम छिटोछिटो गरेको पाइने भएकाले यसमा कडाइ गर्नुपर्ने आवश्यकता रहेको उनले स्वीकार गरे।

त्यस्तै पूँजीतगत खर्चमा मात्रै नभई चालु खर्च फाल्तु भन्नु चाहिँ गलत भएको उनको भनाई छ।

आम मानिसमा चालू खर्चलाई अनावश्यक खर्चका रुपमा हेर्ने गरिएको भन्दै त्यसभित्रबाट राज्यले पुरा गरेका उत्तरदायित्व र जिम्मेवारी नबिर्सन उनले अनुरोध गरे। चालू खर्चबाट किसानलाई रासायनिक मलमा दिइएको अनुदान, पुनर्निर्माणको काम, विद्यार्थीलाई पाठ्यपुस्तकमा अनुदान दिइएको भन्दै अनावश्यक खर्च मान्न नमिल्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया