गेरुवा गाउँपालिका- ४ खोनपुर बर्दिया की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिए की बस्नेतले ०७५ फागुन ७ गते माइती कै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घर मै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिम पूर्ण अबस्थामा छ।यतिखेर बस्नेतको शरीर सुन्निने र ज्वरो आउने समस्याबाट निकै पीडित छिन्। गाउँ कै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्ट पूर्ण अवस्थामा पुर्‍याएको हो । एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दको पछिल्लोअवस्थाले अरुको पनि निकै मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ भनिन्छ तर उनीहरुको अवोध सम्बन्धले विवाह पूर्व कलिलो उमेर मै सन्तान जन्मियो । नन्द र भावनाको सम्बन्धबाट जन्म लिएकी पुर्णिमा को स्वास्त्य अवस्था पनि निकै दयनिय छ । भावानालाई अहिले सुत्केरी अवस्थाको पीडा त छदैछ अर्को तिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानु पर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त के सामान्य पेटभरि खान समेत पाएकी छैनन्।

भावना अहिले माइतीले राखेको सानो छाप्रोमा बसेकी छिन भने जन्मिएको सन्तान का बाबु अर्थात नन्द भने काम गर्न काठमाडौँ छिरेका छन् । मालिकाफाँटा गाउँपालिका जुम्ला स्थित घर भएका नन्दको आमा सानैमा बेतेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दिया स्थित दिदीको घरमा बसेर पढ्दै आई रहेका थिए ।भावना रुदै पिडा पोख्छिन ,’ घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु। जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताउछिन ।

भावनाको बच्चा जन्मे पछि माइतीमा किचलो भएकाले सुत्केरीको उचित स्याहार सुसार हुन् नसकेको समेत उनि बताउछिन ।भावना भन्छिन,’ स्वास्थ्य निकै अस्वस्थ छ,बच्चा पनि बिरामी भई रहन्छ नानुको कसरी रेखदेख गर्न नै गार्हो छ,कतै गैर उपचार गरौ भने पैसा छैन ‘ अहिले यस्तो दर्दनाक अबस्थाका बिचमा बसी रहेकी भावाना कोहि कतै सहयोगी मनहरुको सहयोग अपेक्षा सहित भौतारीइ रहेकी छिन,बाकि जनालय टेलिभिजनमा गरिएको कुराकानी जस्ताको त्यस्तै तल हेर्नुस:

तपाईको प्रतिक्रिया